बारामा ट्रक र बोलेरो ठोक्किँदा २ को मृत्यु, ४ घाइते – Nepal Press

बारामा ट्रक र बोलेरो ठोक्किँदा २ को मृत्यु, ४ घाइते

हेटौंडा । बारामा ट्रक र बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

हेटौंडाबाट पथलैया जाँदै गरेको बा.प्र ०१-०२६ च १३३४ नम्बरको बोलेरो र पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक जितपुर-सिमरा १ आधाबार जङ्गलखण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा बोलेरोमा सबार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका ९ कोलनीका ३० वर्षीय सुजन मगराती र भारत मोतिहारीका २८ वर्षीय चन्दन चौहान रहेका छन् ।

दुर्घटनामा भारत मजफ्फपुरका राहुल चौधरी, गोरखपुरका राहुल चौहान, लखन चौहान र ट्रक चालक बारा परमानिपुर गाउँपालिका-४ का रवि पटेल रहेका जिल्ला प्रहरी कार्यालय बाराका नायब प्रहरी उपरीक्षक दधिराम न्यौपानेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *