प्रदीप पौडेलको पूरक प्रस्ताव- भ्रष्टाचार र यौनजन्य घटनामा आरोपित व्यक्ति स्वतः निलम्बन (पूर्णपाठ) – Nepal Press

प्रदीप पौडेलको पूरक प्रस्ताव- भ्रष्टाचार र यौनजन्य घटनामा आरोपित व्यक्ति स्वतः निलम्बन (पूर्णपाठ)

कांग्रेस महासमितिमा प्रदीप पौडेलको २६ बुँदे पूरक प्रस्ताव- एक महिनाभित्र सबै केन्द्रीय सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्नेदेखि सबै तहका संसदीय समिति बोर्ड तत्काल खारेजीसम्म

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा आर्थिक र नैतिक आचरणमा विचलन आएका नेता कार्यकर्तामाथि कस्तो कारवाही गर्ने भन्ने बहस चलिरहेका बेला नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पनि यो एजेण्डाको प्रवेश भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिमा पेस गरेको २६ बुँदे पूरक प्रस्तावमा भ्रष्टाचार, यौनजन्य हिंसा, सामाजिक विभेदलगायत फौजदारी मुद्दामा आरोपित वा छानविनमा भएको सदस्य पार्टीबाट स्वतः निलम्बित हुने व्यवस्था गर्न प्रस्ताव राखेका हुन् ।

नेता पौडेलले गैरकानूनी क्रियाकलापमा संलग्न र फौजदारी अभियोग प्रमाणित कुनै पनि सदस्यलाई कांग्रेसले चिन्दै नचिन्ने व्यवस्था विधानमै हुनुपर्ने प्रस्ताव राखेका छन् । उनले वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म भएका वा कुनै पनि लाभको पदमा रहेका सद्यस्यको सार्वजनिक लेखा परीक्षण अनिवार्य गर्न समेत प्रस्ताव राखेका छन् ।

पौडेलले कांग्रेसलाई डिजिटल पार्टी बनाउनेदेखि सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारजे गर्ने प्रस्ताव समेत राखेका छन् । उनले उम्मेदवार छनौट सम्बन्धित तहकै कमिटीमा प्रत्यक्ष मतदानका आधारमा गर्ने प्रस्ताव राखेका हुन् ।

उनले एक महिनाभित्र पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यले सम्पत्ति विवरण र त्यसको स्रोतको स्वघोषणा गर्ने प्रस्ताव समेत राखेका छन् । स्वघोषणा नगर्ने व्यक्ति स्वतः निलम्वित हुने उनको प्रस्ताव छ ।

यस्तो छ महासमितिमा प्रदीप पौडेलले पेश गरेको प्रस्ताव-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर