एमाले कैलाली अधिवेशन: उम्मेदवारी दर्ता हुँदै, २ बजेदेखि मतदान – Nepal Press

एमाले कैलाली अधिवेशन: उम्मेदवारी दर्ता हुँदै, २ बजेदेखि मतदान

कैलाली । नेकपा एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज मतदान हुने भएको छ । आज २ बजेदेखि मतदान हुने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए ।

यस अघि सार्वजनिक गरिएको निर्वाचन तालिकामा १० बजे देखी मतदानको समय निर्धारण गरिएको थियो ।तर, प्राविधिक तयारी नभएको भन्दै हिजै राति आज बिहान सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

अहिले बिहान अर्को तालिका जारी गर्दै दिउसो २ बजे देखी ५ बजे सम्म मतदान हुने बताइएको छ । मतदाताको अन्तिम नामावली प्रकाशन गरेर अहिले उम्मेदवारी दर्ता भइरहेको प्रमुख निर्वाचन अधिकृत जोराले बताए ।

अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डेले दाबी गरिरहेका छन् । जोशीले आफ्नो टिम नै सार्वजनिक गरिसके भने अन्य उम्मेदवारहरूले भने टिम औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर