ज्ञानमा आधारित अर्थतन्त्र नै अबको उत्तम छनोट – Nepal Press

ज्ञानमा आधारित अर्थतन्त्र नै अबको उत्तम छनोट

ज्ञान कुनै पनि देशको आर्थिक विकासँग प्रत्यक्ष जोडिएको हुन्छ । शिक्षा, अनुभव र अध्ययनबाट आर्जन गरिने तथ्य, सूचना र सीप नै ज्ञान हो । आर्थिक र मानवीय विकासमा ज्ञानको उल्लेखनीय भूमिका हुन्छ । ज्ञान अर्थतन्त्र आर्थिक विकास प्रवर्द्धन गर्न ज्ञान प्राप्त गर्ने, वितरण गर्ने, सिर्जना गर्ने र प्रभावकारी रुपले प्रयोग गर्ने अर्थतन्त्र हो ।

औद्योगिक क्रान्तिपछिको करिब ३०० वर्षको समयावधिमा मानवीय चाहना झन् बढ्दै र विस्तारित हुँदै गएका छन् । विश्वव्यापीकरणको वर्तमान युगमा संसारमा भैरहेका नयाँनयाँ प्रयोग, विकासक्रम, विषय र छलफलबाट हामी टाढा रहन सक्दैनौं । समयानुकूल, जल्दाबल्दा विषयहरु आमसरोकारका विषयमा पर्नुपर्छ । ज्ञानमा आधारित अर्थतन्त्र वर्तमान विश्व अर्थ व्यवस्थाको अर्थपूर्ण र महत्वपूर्ण विशेषता हो । समकालीन अर्थतन्त्रका प्रमुख क्षेत्रहरु ज्ञान उत्पादन र विस्तारमा बढी निर्भर छन् । विज्ञान र प्रविधिमा भइरहेको तीव्र विकासका साथसाथै अप्रचलनले गर्दा ज्ञानमा निर्भर उत्पादन र सेवाका गतिविधिहरु विश्वव्यापी रुपमा बढ्दै गैरहेका छन् । जसलाई अर्थशास्त्र, समाजशास्त्र र व्यवस्थापनशास्त्रका समकालीन साहित्यमा ‘नलेज इकोनमी’ अर्थात् ज्ञानमा आधारित अर्थतन्त्र भनिन्छ ।

परम्परागत अर्थतन्त्र भौतिक वा प्राकृतिक स्रोतसाधनहरुमा मात्र बढी निर्भर हुन्छ । तर, ज्ञानमा आधारित अर्थतन्त्रका प्रमुख घटकहरु बौद्धिक ज्ञान, सीप र क्षमता हुन्, जसलाई उत्पादन प्रक्रियाका हरेक चरणमा अनुसन्धान र विकाससँग जोड्दै उद्योगदेखि उपभोक्ताका रुचि, चाहना र आकांक्षा सम्बोधन गर्ने हेतुले एकीकृत रुपमा सुधार गर्दै लगिन्छ । सम्पत्तिको मूल्य कम्प्युटर तथा इन्टरनेटबाट सृजना हुन्छ । यी र यस्तै खालका परिवर्तन सन् ९० को दशकदेखि नै विकसित देशहरुमा तुलनात्मक रुपमा कुल गार्हस्थ उत्पादनमा अदृश्य पूँजीको बढ्दो अंशमा प्रतिविम्बित हुँदै आएको पाइन्छ ।

ज्ञानमा आधारित अर्थतन्त्रकाविशेषता

उत्पादनको कारकको रुपमा ज्ञान, विश्वव्यापीकरण, भौतिक सिमानाहरुको न्यून प्रभाव, प्रतिभाको लडाइँ (वार अफ ट्यालेन्ट), नयाँ नयाँ व्यवस्थापनका शैलीको विकास र बढ्दो सहकार्यको वातावरण र खुला नवप्रवर्तन ।

विश्वमा विकसित राष्ट्रहरु प्रविधिगत ज्ञानमा आधारित अर्थतन्त्रमा गइसकेका छन् र प्रतिस्पर्धात्मक लाभ हासिल गरिरहेका छन् । खास गरेर ओईसीडीमा आवद्ध देशहरु अमेरिका, ब्राजिल, चीन, इन्डोनेसिया, फ्रान्स, दक्षिण कोरिया आदि कुल गार्हस्थ उत्पादनको ५० प्रतिशतभन्दा बढी ज्ञानमा आधारित अर्थतन्त्रमा गैसकेका छन् ।

सन् ७० को दशकयतादेखि नै अनुसन्धानकर्ताहरुले विकसित र औद्योगिक राष्ट्रहरु भौतिक वस्तु उत्पादनमा आधारित उद्योगबाट क्रमशः सेवामूलक व्यवसायतर्पm संक्रमण हुँदै गैरहेको कुरा बताएका छन् । यसलाई उत्तर औद्योगिककाल, उत्तर फोर्ड काल पनि भन्ने गरिन्छ । अर्थतन्त्र र अर्थ व्यवस्थासम्बन्धी सुरुवाती अध्ययनदेखि नै अर्थशास्त्रीहरुले ज्ञान र आर्थिक विकासबीचको सम्बन्धमा जोड दिँदै आएको भए तापनि ज्ञान आर्थिक कारकहरुको पूरक तत्वको रुपमा रहेको थियो । यो विचार अहिले रुपान्तरण भैसकेको छ । ज्ञान र प्रविधिलाई उत्पादकत्व बढाउने र आर्थिक विकास गर्ने महत्वपूर्ण औजार मान्न थालिएको छ ।

विश्वव्यापीकरणको वर्तमान युगमा संसारमा भैरहेका नयाँ नयाँ प्रयोग, विषय र छलफलबाट हामी टाढा रहन सक्दैनौं । समयानुकूल, जल्दाबल्दा विषयहरु आमसरोकारका विषयमा पर्नुपर्छ । ज्ञानमा आधारित अर्थतन्त्र आर्थिक विकासमा फड्को मार्ने एउटा नवीन क्षेत्र हो । विश्वमा विकसित राष्ट्रहरु प्रविधिगत ज्ञानमा आधारित अर्थतन्त्रमा गइसकेका छन् र प्रतिस्पर्धात्मक लाभ हासिल गरिरहेका छन् । खास गरेर ओईसीडीमा आवद्ध देशहरु अमेरिका, ब्राजिल, चीन, इन्डोनेसिया, फ्रान्स, दक्षिण कोरिया आदि कुल गार्हस्थ उत्पादनको ५० प्रतिशतभन्दा बढी ज्ञानमा आधारित अर्थतन्त्रमा गैसकेका छन् ।

गुणस्तरीय उच्च शिक्षा र सीप, सूचना सञ्चार र प्रविधि, अनुसन्धान एवं विकास, नवीनता र नीति, नियमन, संस्थागत लगानी ज्ञानमा आधारित अर्थतन्त्रका खम्बाहरु हुन् । यी क्षेत्रको दिगो विकास गर्न सरकारको महत्वपूर्ण भूमिका रहन्छ । निर्माणाधीन १६औं आवधिक योजनामा ज्ञानमा आधारित अर्थतन्त्रको बिजारोपण गर्न सरोकारवाला सबै तत्पर हुनुपर्छ । आर्थिक विकास र संस्थागत विकासका निम्ति सरकारले वातावरण बनाउनुपर्छ । प्रभावकारी अनुसन्धान र विकास तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने खालको उच्च शिक्षा र सीप विकासमा लगानी बढाउनुपर्छ । यी क्षेत्रमा नेपालको लगानी नगन्य छ ।

दक्षिण कोरियाले सन् १९६५ मा अनुसन्धान र विकासमा कुल गार्हस्थ उत्पादनको ०.५ प्रतिशतमात्र लगानी थियो । सन् १९९७ मा २.५ प्रतिशत, सन् २०१० मा ३.७ प्रतिशत रहेको अनुसन्धान र विकासको लगानी अहिले ५ प्रतिशत छ । ३५ प्रतिशत प्राविधिक जनशक्ति उत्पादन गरिरहेको छ । हामीकहाँ भने बल्ल गत वर्षको बजेटमा जेनतेन १ प्रतिशत पुगेको छ । फिनल्याण्डमा सन् १९५० सम्म नेपाल जस्तै कृषिमा आधारित अर्थतन्त्र थियो । तर, अहिले ज्ञान अर्थतन्त्रमा फड्को मारिसकेको छ । तर, हाम्रो अवस्था कमजोर छ । बेलैमा यो विश्वव्यापी टे«ण्ड पछ्याउन सक्ने हो भने हाम्रा लागि ठूलो अवसर हुनसक्छ ।

गुणस्तरीय उच्च शिक्षा र सीप, सूचना सञ्चार र प्रविधि, अनुसन्धान एवं विकास, नवीनता र नीति, नियमन, संस्थागत लगानी ज्ञानमा आधारित अर्थतन्त्रका खम्बाहरु हुन् । यी क्षेत्रको दिगो विकास गर्न सरकारको महत्वपूर्ण भूमिका रहन्छ ।

मानवीय पूँजीमा आधारित अर्थतन्त्रमा जोड दिँदै विश्व बैंकले ज्ञान अर्थतन्त्रका चार वटा आधारभूत क्षेत्र औंल्याएको छ ।

१. शिक्षित र सीपयुक्त श्रमशक्ति, जहाँ कामदारहरुले निरन्तर सिकाइ अवलम्बन गर्छन् र सिकेको सीपलाई दक्षतापूर्वक अभ्यास गर्दै अनुभवको आधारमा थप नयाँ नयाँ सीपको विकास गर्छन् ।

२. सघन र आधुनिक सूचना पूर्वाधार, जसले सूचना, सञ्चार र प्राविधिक स्रोतसाधनमाथिको सहज पहुँच सुनिश्चित गर्दै उच्च कारोबार लागत घटाउन मद्दत गर्छ । सूचना र ज्ञानका स्रोतहरुको प्रभावकारी वितरण, प्रशोधन र अन्तरक्रियालाई सहजीकरण गर्छ ।

३. व्यवसायिक फर्म, उद्योग र देशहरुका बीचमा नवप्रवर्तनलाई उच्च तहमा सहयोग गर्न प्रभावकारी नवप्रवर्तन प्रणाली आवश्यक हुन्छ । यसले पछिल्ला विश्वव्यापी सूचना र मानव बुद्धि र विवेकसँग एकाकार हुँदै घरेलु अर्थतन्त्रमा उपयोग गर्न सघाउँछ ।

४. संस्थागत शासन, जसले ज्ञानमा आधारित उद्यमशीलता प्रवर्द्धन गर्छ ।

दक्षिण कोरियाले सन् १९६५ मा अनुसन्धान र विकासमा कुल गार्हस्थ उत्पादनको ०.५ प्रतिशतमात्र लगानी थियो । सन् १९९७ मा २.५ प्रतिशत, सन् २०१० मा ३.७ प्रतिशत रहेको अनुसन्धान र विकासको लगानी अहिले ५ प्रतिशत छ । ३५ प्रतिशत प्राविधिक जनशक्ति उत्पादन गरिरहेको छ । हामीकहाँ भने बल्ल गत वर्षको बजेटमा जेनतेन १ प्रतिशत पुगेको छ ।

चरम उपभोक्तावादले सिर्जना गरेको समकालीन विश्वमा देखिएका यावत वातावरणीय समस्याहरु जस्तैः जलवायु परिवर्तन र कार्बन उत्सर्जनको समस्या समाधान गर्न, हरित पूर्वाधार निर्माण गर्न बजारको बदलिँदो माग सम्बोधन गर्न नवीन ज्ञान, सोच र सीपको जरुरत हुन्छ । ज्ञानले प्राविधिक विज्ञता दिन्छ, समस्या समाधान गर्न मद्दत गर्छ, कार्यसम्पादन मापन र मूल्यांकन गर्न सहजीकरण गर्छ । त्यस्तै आर्थिक विश्वव्यापीकरणले सिर्जना गरेको चरम प्रतिस्पर्धाको सामना गर्न आवश्यक पर्ने तथ्यांक व्यवस्थापन गर्न सहयोगी हुन्छ ।

समकालीन र भविष्यको आर्थिक विकासमा तकनिकी र सञ्जालको विस्तारको प्रभाव खास गरेर ज्ञानमा आधारित सामाजिक उद्यमशीलता र समग्र उद्यमशीलतामा टड्कारो रुपमा बढ्ने देखिन्छ । ज्ञान अर्थतन्त्रले सञ्जाल अर्थतन्त्र आत्मसात गरिरहेको छ, जहाँ तुलनात्मक स्थानीय ज्ञान अहिले विश्वका हरेक कुनाकाप्चामा सञ्जालमार्फत् प्रसारित भैरहेको छ । सञ्जालका सदस्यहरुले अझ बृहत्तर र विस्तारित तहमा यसबाट कम लागतमा व्यापक उत्पादनको लाभ हासिलगरिरहेका छन् ।

विकासोन्मुख देशहरुका लागि चुनौती

विकासोन्मुख देशहरुका लागि आईसीटी र दिगो विकासलाई सफलतापूर्वक एकीकृत गर्दै ज्ञानमा आधारित अर्थतन्त्रमा सहभागी हुने कुरा चुनौतीपूर्ण छ भनेको छ संयुक्त राष्ट्रसंघको सूचना र प्रविधिसँग सम्बन्धित आयोगको सन् १९९७ को प्रतिवेदनले । उनीहरुले सामूहिक रुपमा र रणनीतिक हिसाबले हस्तक्षेप गर्नुपर्छ । प्रतिवेदनले प्रस्तुत गरेका साझा हस्तक्षेपहरु हुन्-

प्रभावकारी राष्ट्रिय आईसीटी नीतिको तर्जुमा, जसले छनोट गरिएको ज्ञान उत्पादनलाई प्रवर्द्धन गर्छ, संस्थागत परिवर्तनका लागि आईसीटीको प्रयोग ।

अहिले कतिपय परम्परागत प्रकृतिका उद्यम÷व्यवसाय सञ्चालन गरिरहेका उद्यमी व्यवसायिहरु गुनासो गरेर बसेको देखिन्छ । बजार प्रतिस्पर्धा निर्मम हुन्छ । सहानुभूति बटुल्नेभन्दा पनि आप्mनो प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सक्षम व्यवसायमात्र टिक्न सक्छन् । बदलिँदो परिस्थितिमाआफूलाई परिवर्तन गर्न नसक्ने यथास्थितिवादी चिन्तनले हरेक क्षेत्रमा अग्रगमनको बाटो छेक्छ ।

चौंथो औद्योगिक क्रान्तिको बहस र पाँचौं चरणको औद्योगिक क्रान्तिबारे सोच्न र तयारी गर्न थालिसकेका छन्, विकसित देशका अर्थशास्त्री, वैज्ञानिक र नीतिनिर्माताहरुले । हामी भने अझै पनि परम्परागत मान्यताभन्दा माथि उठेर चिन्तन गर्न सकेका छैनौं । अझ भनौं, पहिलो औद्योगिक क्रान्तिको बेलाको जस्तो सोच, चिन्तन र मानसिकता बोकिरहेका छौं । प्रविधि हस्तान्तरण र विस्तारको गति तीव्र छ । यस्तो अवस्थामा अमुक पक्षलाई दोष दिनुभन्दा पहिले नै विकसित हुँदै गरेका विश्वव्यापी ट्रेन्ड र नवप्रवर्तन पछ्याउन सकिएन भने प्रतिस्पर्धामा पछि परिन्छ ।

अहिले कतिपय परम्परागत प्रकृतिका उद्यम/व्यवसाय सञ्चालन गरिरहेका उद्यमी व्यवसायिहरु गुनासो गरेर बसेको देखिन्छ । बजार प्रतिस्पर्धा निर्मम हुन्छ । सहानुभूति बटुल्नेभन्दा पनि आफ्नो प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सक्षम व्यवसायमात्र टिक्न सक्छन् । बदलिँदो परिस्थितिमाआफूलाई परिवर्तन गर्न नसक्ने यथास्थितिवादी चिन्तनले हरेक क्षेत्रमा अग्रगमनको बाटो छेक्छ । विश्व बजारसँग प्रतिस्पर्धा गर्न हामी असमर्थ छौं । शक्तिशाली औद्योगिक राष्ट्रहरुको दाँजोमा हामी वस्तु र सेवा उत्पादनमा खरो उत्रिन कठिन छ । तसर्थ हाम्रा लागि उनीहरुसँग सहकार्य गर्दै देशको आर्थिक विकास गर्न ज्ञानमा आधारित अर्थतन्त्र नै अबको उत्तम छनोट हो ।

सरकारको बलियो साथ र सहयोगविना कुनै पनि देशको आर्थिक वातावरण सहज हुँदैन । एकपछि अर्को गर्दै चक्रीय र आवधिक रुपमा आउने आर्थिक एवम् वित्तीय संकट, प्राकृतिक विपद् र महामारीपछि आर्थिक रुपमा दरोसँग उभिन र चुनौतीलाई बलियोसँग सामना गर्दै फड्को मार्न रुपान्तरणकारी सोचका साथ ज्ञानमा आधारित अर्थतन्त्रमा जानैपर्छ । अर्थतन्त्रको विकासलाई सूचना प्रविधिसँग जोडेर उत्पादन र सेवा क्षेत्रमा फड्को मार्न सकियो भने बल्ल देशको विकास हुनसक्छ । ज्ञानमा आधारित अर्थ व्यवस्था निर्माण गरेका विकसित देशहरुबाट हामीले पाठ सिक्नुपर्छ ।

(लेखक लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा अध्यापन गर्छन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *