वाफ वुमेन्स च्याम्पियनसिपको पहिलो खेलमा नेपाल ४-१ ले विजयी – Nepal Press

वाफ वुमेन्स च्याम्पियनसिपको पहिलो खेलमा नेपाल ४-१ ले विजयी

काठमाडौं । वाफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सानदार जित दर्ता गरेको छ ।

सिरियाविरुद्धको खेलामा पूर्ण रुपमा हावी भएको नेपाली महिला फुटबल टिमले ४–१ को जित दर्ता गरेको हो । खेलको १०औं मिनेटमा नेपालको लागि अमिषा कार्कीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेट पछि अनिता बस्नेतले कर्नर किक मार्फत गोल गर्दै टिमलाई २–० को अवस्थामा लगेकी थिइन् । खेलको १९ औँ मिनेटमा नेपालकी स्टार खेलाडी सावित्रि भण्डारी “साम्बा” ले गोल गर्दै टिमलाई थप मजबुत बनाइन् । खेलको ४३ औँ मिनेटमा नेपालले गोल खान पुग्यो ।

पहिलो हाफ ३–१ ले अघि रहेको नेपालले दोश्रो हाफको ६४ मिनेटमा थप गोल गर्न सफल बन्यो । नेपालको लागि रेखा पौडेलले गोल गर्दै टिमलाई ४–० को जित दिलइन् ।

 

प्रतियोगितामा नेपाल आमन्त्रित टिम हो । नेपालको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर