यातायात र डीडीसीका प्रमुखलाई कालोमोसो दलेको आरोपमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका दुई जना पक्राउ – Nepal Press

यातायात र डीडीसीका प्रमुखलाई कालोमोसो दलेको आरोपमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका दुई जना पक्राउ

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झा माथी कालोमोसो दल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मोहन वैद्य किरण नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा संगठनका केन्द्रीय सदस्य शुकबहादुर परियार र कर्णाली प्रदेश इञ्चार्ज दीपेन्द्र शाही रहेका प्रहरीले जनाएको छ ।

संगठनका कास्की जिल्ला संयोजकसमेत रहेका शुकबहादुरलाई दुई नि अगाडी पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) दीपक थापाले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार शुकबहादुर माघ २९ गते यातायात विभागका महानिर्देशक रिजाल र फागुन चार गते डीडीसीका महाप्रबन्धक झालाई दुर्व्यवहार गरिएको दुवै घटनामा संलग्न रहेका र शाही भने डीडीसीको घटनामा संलग्न रहेका थिए ।

शाही भने सोमबार काठमाडौंबाटै पक्राउ परेका हुन् । उनीहरुले दुई निकायका प्रमुखलाई कालोमोसो दल्नु अघि चन्दा मागेको तर, चन्दा नदिएपछि भ्रष्टाचारको विषय जोडेर कालोमोसो दलेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर