बिरामी पाडोको मासु खाँदा दलित बस्तीका २५ जना बिरामी – Nepal Press

बिरामी पाडोको मासु खाँदा दलित बस्तीका २५ जना बिरामी

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–१ मा बिरामी पाडोको मासु खाँदा २५ जना बिरामी परेका छन् । दलित समुदायका नदाई टोल जाडेखेतका २५ जना बालबालिका, वृद्धवृद्वा बिरामी परेका हुन् ।

ठाटीकाँध गाउँपालिका वडा-१ का वडा अध्यक्ष चक्र कामीका अनुसार बिरामी परेको पाडोलाई दलित टोलका बस्तीले काटेर खादा पाडोमा भएको बिरामी मान्छेमा फैलिएका कारण बिरामी परेका हुन् ।

उनले भने, ‘सोमबार गाउँपालिकाको २ वटा एम्बुलेन्सबाट प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्र पुर्‍याएर उपचार गरेको हो । यदि समयमा उपचार हुँदैन थियो भने गाउँ नै रित्तिने अवस्था सिर्जना भएको थियो ।’

उनका अनुसार केही बिरामीहरू सन्चो भएर घर फर्किएका छन् । तर, मङ्गलवार पनि केही बिरामी परेकालाई हस्पिटल पठाउने गरेको अध्यक्ष कामीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *