एमाले कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया बुधबार बिहानसम्मका लागि स्थगित – Nepal Press

एमाले कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया बुधबार बिहानसम्मका लागि स्थगित

कैलाली । नेकपा (एमाले) कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित भएकाे छ । प्राविधिक कारणले बुधबार बिहान ८ बजे सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए ।

बुधवार मतदान गर्ने गरि मंगलबार दिउँसो निर्वाचन तालिका सार्वजनिक गरिएको थियो । मंगलबार रातिसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर बुधबार बिहान १० बजेदेखि दिउँसो दुइ बजेसम्म मतदान गर्ने गरि निर्वाचन तालिका सार्वजनिक गरिएको थियो ।

तर, अहिले उक्त निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत जोराले बताए । आइतबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दै सोमबार बिहानसम्म सहमति नजुटे निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिएका थिए । तर, अहिले सम्म पनि निर्वाचन प्रक्रिया सुरु भएको छैन ।

१५२ सदस्यीय जिल्ला कमिटीका लागि कैलालीका १३ वटा पालिकाबाट ५९१ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षमा दुर्गाप्रसाद जोशी, यज्ञराज ढुङ्गाना र डेजी पाण्डे प्रतिस्पर्धामा रहेका छन् । जोशीले उम्मेदवारी घोषणा गरिसकेका छन् भने ढुङ्गाना र पाण्डे पनि मत माग्न व्यस्त छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर