‘भीभीआईपी’को सवारी चलाउने नाममा सडकमा अवरोध नगर्न सर्वोच्चको परमादेश – Nepal Press

‘भीभीआईपी’को सवारी चलाउने नाममा सडकमा अवरोध नगर्न सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले ‘भीभीआईपी’को सवारीका नाममा सडकमा अवरोध नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । अधिवक्ता ज्ञानेश्वर कोइरालाले दायर गरेको रिटमा सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेको हो ।

अधिवक्ता कोइरालाले ६ वर्षअघि दायर गरेको रिटमाथि मङ्गलवार न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्माको संयुक्त इजलासले सरकारका नाममा परमादेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्तासमेत रहेका सह–रजिष्ट्रार वेदप्रसाद उप्रेतीले जानकारी दिए ।

उनका अनुसार अधिवक्ता कोइरालाले २०७४ माघ १९ गते रिट दायर गरेका थिए । यो परमादेशसँगै अब विशिष्ट व्यक्तिको सवारीका क्रममा सर्वसाधारणलाई हिँडडुल गर्ने काममा अवरोध गर्न रोक लगाउन नपाइने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर