डोटीमा १८ हजारलाई दादुरा-रूबेला खोप लगाइने – Nepal Press

डोटीमा १८ हजारलाई दादुरा-रूबेला खोप लगाइने

डोटी । डोटीमा १८ हजार २९५ बालबालिकालाई दादुरा-रूबेलाविरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारीअनुसार ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई फागुन १३ देखि २० गतेसम्म दादुरा-रुवेलाविरुद्धको खोप लगाइने भएको छ ।

‘जिल्लाका नौ वटै पालिकामा १३ गते एकसाथ अभियान सुरु गर्ने योजना बनाएका छौं’, स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भने, ‘यसका लागि स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गर्ने र खोप केन्द्रहरु तोक्ने काम भइसकेको छ ।’

नौ स्थानीय तहमा ३७८ केन्द्रबाट खोप लगाइने मलासीले बताए । उनले प्रत्येक खोप केन्द्रमा एक स्वास्थ्यकर्मी र दुई स्वयंसेवक गरी अभियानमा एक हजार १३४ जना खटिने जानकारी दिए ।

प्रमुख मलासीले खोपका कारण कुनै बालबालिकामा समस्या देखिए तत्काल उद्धार गर्ने संयन्त्र विकास गरिएको जानकारी दिए ।

खोप अभियान पूर्ण सफल बनाउन विभिन्न माध्यमबाट प्रचारप्रसार भइरहेको दादुरा-रुवेला खोप अभियानका संयोजक सूर्य बिष्टले जानकारी दिए ।

नेपालले सन् २०२६ सम्ममा दादुरा-रूबेला निवारण गर्ने प्रतिबद्वता व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर