सरकारलाई एमालेको चेतावनी- जनताको मुद्दा कार्यान्वयन गराउन सडकमा उत्रिन नपरोस् – Nepal Press

सरकारलाई एमालेको चेतावनी- जनताको मुद्दा कार्यान्वयन गराउन सडकमा उत्रिन नपरोस्

काठमाडौं । नेकपा एमालेले जनताको मुद्दा ज्यूँका त्यूँ छाडेर आफू टाढा बस्न नसक्ने बताएको छ।

आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मध्यपहाड लोकमार्ग केन्द्रित अभियानका क्रममा आएको जनताको सुझाव र समस्या सरकारलाई बुझाइसकेको बताए।

उनले भने- अभियानको सबै जनताको सुझाव र समस्या हामीले सरकारलाई बुझाइसकेको छौँ। बजेट निर्माणको बेलामा छ जनताको मुद्दाहरूलाई ज्युँका त्युँ छाडेर एमाले टाढा बस्न सक्दैन। जनताको पक्षमा जनतालाई डेलिभरी दिने कुरामा प्रत्यक्ष सरोकार राख्ने कुराहरूमा केन्द्रित रहेर सिंगो देश र सरकारको ध्यानाकर्षण हुने गरी हामीले जनदबाब गर्छौँ। त्यो सदनबाट आवश्यक परे सडकबाट व्यापक जनपरिचालनसहित गर्नसक्छौं। त्यसले संगठन निर्माणसहित जनताको मुद्दामा ध्यानाकर्षण पनि हुन्छ।

उनले आज बैठकमा प्रस्तुत भएका विषयमा भोलि १० बजेबाट छलफल सुरु हुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर