प्रकाश ज्वालालाई आरोपित गरेर दोषीलाई उन्मुक्ति दिन खोजिएको नेकपा एसनिकट अखिलको दाबी – Nepal Press

प्रकाश ज्वालालाई आरोपित गरेर दोषीलाई उन्मुक्ति दिन खोजिएको नेकपा एसनिकट अखिलको दाबी

काठमाडौं । नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूले बालकुमारी घटनामा मन्त्री प्रकाश ज्वालालाई आरोपित गरेर दोषी जोगाउन खोजेको आरोप लगाएको छ ।

ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि अनेरास्ववियूले यस्तो भनेको हो ।

अनेरास्ववियू अध्यक्ष आरती लामाले विज्ञप्ति जारी गर्दै सत्यतालाई बङ्ग्याएर निर्दोषमाथि लाञ्छना लगाउने, निर्दोषलाई दोषी करार गर्ने र दोषीलाई उन्मुक्ति दिने कदम मान्य नहुने बताएकी छन् ।

शान्ति सुरक्षासँग सम्बन्धित गतिविधिमा कुनै संलग्नता नहुने मन्त्रालय र मन्त्रीलाई जोडेर निश्चित नेता र पार्टीमाथि प्रहार हुनु दुःखद भएको उनले बताएकी छन् ।

पीडितलाई न्याय दिलाउन पहल गर्नुभन्दा कुनै पार्टीको नेतृत्वमाथि प्रहार गर्ने शैली आपराधिक मानसिकताको उपज भएको अनेरास्ववियूको निष्कर्ष छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर