भक्तपुर रेडक्रसको सभापतिमा परशुराम पाण्डे निर्वाचित – Nepal Press

भक्तपुर रेडक्रसको सभापतिमा परशुराम पाण्डे निर्वाचित

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सभापतिमा परशुराम पाण्डे निर्वाचित भएका छन् ।

जिल्ला शाखाको २९औं अधिवेशनबाट सभापतिमा पाण्डेसँगै उपसभापतिद्वय लक्ष्मी अवाल र राकेश थापा, कोषाध्यक्षमा प्रदीप केसी र उपकोषाध्यक्षमा सूर्यबहादुर खाइतू निर्विरोध निर्वाचित भएका हुन् ।

मन्त्रीमा धर्मराज कार्की र उपमन्त्रीमा तुइलाल श्रेष्ठ निर्वाचित भए । कार्कीले दिवाकर सिलवाल र श्रेष्ठले नारायणसुन्दर किलम्बूलाई पराजित गरेका हुन् ।

त्यस्तै सदस्यहरुमा महिलातर्फ संगीता थापा, सुभद्रा काफ्ले र सचिला खड्का निर्वाचित भए । पुरुषतर्फ सोमप्रसाद प्रधान, नारायणभक्त खायमली, यज्ञविक्रम थापा, रामकुमार बस्नेत, जनकप्रसाद न्यौपाने, तुलसीनारायण दन्देख्या र ऋषि खड्का निर्वाचित भए ।

सदस्यमा महिलातर्फ ४ र पुरुषतर्फ ११ जानले उम्मेदवारी दिएको नवनिर्वाचित मन्त्री कार्कीले जानकारी दिए ।

वर्षभरि उत्कृष्ट कार्य गर्ने उपशाखा र स्वयंसेवकहरुलाई सम्मान गरिएकाे कार्यक्रममा नेपाल रेडक्रम साेसाइटीका केन्द्रीय उपमहामन्त्री मनाेजकुमार थापाले जिल्ला शाखाले गरेका गतिविधिहरु समावेश भएकाे स्मारिका विमाेचन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *