वीरगञ्जमा सर्वदलीय बैठकको ५ बुँदे निर्णय, कर्फ्यू भने कायमै – Nepal Press

वीरगञ्जमा सर्वदलीय बैठकको ५ बुँदे निर्णय, कर्फ्यू भने कायमै

जनकपुरधाम । समाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले ५ बुँदे निर्णय गरेको छ ।

सु-सम्बन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने तथा धार्मिक स्थलहरूमा नाराबाजी, जुलुशलगायतका विरोधका कार्यक्रम नगर्ने/नगराउने र त्यस्तो गरेको पाइए कानून बमोजिम कारवाही गर्ने निर्णय गरेको छ ।

जिल्लाभित्र खुलमखुला डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राके जुलुश निकाल्नेलगायतका कृयाकलाप गर्ने विरुद्ध कानून बमोजिम कारवाही गर्न प्रशासन समक्ष अनुरोध गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सदभाव विगार्ने एवं द्वन्दलाई उक्साउने प्रकारका अवान्छित गतिविधिहरु, धार्मिक सम्प्रदायिक ऱ्याली, जुलुश, बन्द हडताल लगायतका कुनै पनि गतिविधिहरु कुनै पनि संघ, संस्था एवं समुदायले नगर्ने, सामाजिक सञ्जालमा एक-अर्कालाई लक्षित गरेर लेख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने पनि निर्णय गरिएको छ ।

रौतहटमा सरस्वती मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएको विषयले वीरगञ्जमा पनि प्रदर्शन गरिएको थियो । आझ बिहान ६ बजेदेखि विहान १० बजेसम्म कर्फ्यू खुकुलो पारेको थियो । तर, बिहान १० बजेदेखि पुनः कर्फ्यू कडा पारिएको छ । वीरगञ्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ‌।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *