नेपाल ‘ए’ टीमको पहिलो जित, क्यानडा २ विकेटले पराजित – Nepal Press

नेपाल ‘ए’ टीमको पहिलो जित, क्यानडा २ विकेटले पराजित

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको नेपाल ‘ए’ टीमले पहिलो जित दर्ता गराएको छ । क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ टीमले ४९ ओभरमा १ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान सन्दीप जोराले ६६ रन बनाए । अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट भए ।

१४६ रनमा ५ विकेट गुमाएको नेपालका लागि बसिर अहमद र रशिद खानले ७७ रनको साझेदारी गरेका थिए । रशिद खान ४७ रन बनाएर आउट भए हुँदा बसिर खान ५१ रनमा अविजित रहे । बलिङमा क्यानडाका अमर खालिदले २ विकेट लिए ।

यसअघि मुलपानी क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो । क्यानडाका श्रेयास मोभाले ६८, नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए ।

बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २-२, बसिर अहमद र सागर ढकालले १-१ विकेट लिएका थिए ।

जितसंगै नेपाल ‘ए’ टीमले क्यानडाविरुद्ध ३ खेलको एकदिवसीय सिरिज १-१ को बराबरी गरेको छ । पहिलो खेलमा नेपाल ‘ए’ टीम क्यानडासंग पराजित भएको थियो । नेपाल ‘ए’ टीम क्यानडासँग ४ विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर