क्यानडाविरुद्ध नेपाल ‘ए’ टीमले पायो २४१ रनको लक्ष्य – Nepal Press

क्यानडाविरुद्ध नेपाल ‘ए’ टीमले पायो २४१ रनको लक्ष्य

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ टीमले २४१ रनको लक्ष्य पाएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २४० रन बनायो ।

क्यानडाका श्रेयास मोभाले सर्वाधिक ६८ रन जोडे । नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिए ।
बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २(२, बसिर अहमद र सागर ढकालले १(१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर