राप्रपालाई ओलीको जवाफ- कोशीमा हाम्रो बेइमानीले हारेको होइन (भिडिओ) – Nepal Press

राप्रपालाई ओलीको जवाफ- कोशीमा हाम्रो बेइमानीले हारेको होइन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको नतिजा आइसकेपछि कोशीको प्रसंगलाई लिएर राप्रपाका नेताहरूले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।
पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै एमालेलाई दोष लगाउन नमिल्ने उनले बताए ।

ओलीले भने, ‘चुनावको नतिजा आइसकेपछि एमालेले बेइमान गर्‍यो, धोका दियो भनेर लाञ्छित गरेको सुने । मैले उहाँहरूको कतै प्रतिवाद गरिन् । उहाँहरूको मत ३९४ मात्रै आयो कि धेरै आयो । केही मात्रैले नपुगेको कि धेरैले ? त्यतिका मत एमालेका नभएर आकाशबाट आए । केही भोट बिग्रिए होला । राप्रपाको बिग्रिएको हुनपनि सक्छ । त्यसैले राप्रपाका प्रवक्ता भन्ने व्यक्तिले सीधै पूर्वाग्राही ढंगले एमालेविरोधी भावना रहेको भन्ने देखिन्छ ।’

उनले एमाले र राप्रपाको भोटले नपुगेर अरुको पनि आउनुपर्ने अवस्था रहेको बुझ्नुपर्ने बताए ।

उनले भने, ‘हामीले सहमति गरेको राप्रपाले जितेन, हाम्रो बेइमानीले होइन । संस्थागत बेइमानी होइन । व्यक्तिले गरेको भए थाहा भएन । त्यसैले प्रवक्ताको अभिव्यक्ति अनुचित छ । राप्रपाले त्यस्तो व्यवहार अवलम्बन गर्न हुँदैन ।’

राष्ट्रियसभामा कोशीमा राप्रपा र एमालेबीच तालमेल भएको थियो । तर, त्यहाँ एमालेको उम्मेदवारले गठबन्धनलाई हराउँदा राप्रपाले जित्न सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर