५ लाख राशीको सूर्यनगर गोल्डकपको उपाधि बागमती क्लबलाई – Nepal Press

५ लाख राशीको सूर्यनगर गोल्डकपको उपाधि बागमती क्लबलाई

रुपन्देही । नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध एक गोल गर्दै लुम्बिनी प्रदेशकै दोस्रो ठूलो पुरस्कार राशीको आठौं सूर्यनगर गोल्डकपको उपाधि बागमती क्लब सर्लाहीले चुमेको छ । सोमबार सम्पन्न फाइनल खेलमा गतवर्षको विजेता पुलिसलाई स्तब्ध पार्दै बागमतीले उपाधि चुमेको हो ।

पहिलो हाफको २५ औँ मिनेटमा बागमतीका जर्सी नम्बर ८ का अभि लामाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले गोल गर्ने सुनौला मौका गुमाएको थियो । फाइनल खेलमा एकमात्र गोल गरेका लामा दोश्रो हाफको ३२ औँ मिनेटमा रातो कार्ड पाउँदै खेलबाट बाहिरिएपछि बागमती १० खेलाडीमा सीमित हुन पुगेको थियो ।

विजेता टोलीले नगद ५ लाखसहित ट्रफी र मेडल प्राप्त गर्न सफल रह्यो भने उपविजेता पुलिस क्लव ३ लाख र उपविजेता ट्रफीमा चित्त बुझायो । लुम्बिनी प्रदेशमै दोश्रो सर्वाधिक राशीको प्रतियोगिता गत माघ २९ गतेबाट संचालन भएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरले खेलक्षेत्रलाई प्राथमिकतामा राखेको बताउदै नगरले सबै बिद्याका खेललाई प्रोत्साहन गर्ने बताए । उनले दक्ष खेलाडी उत्पादन गर्नसके नगरको नाम समेत उँचो रहने जनाए ।

बर्दघाट नगरपालिकाका संस्थापक नगर प्रमुख धिरज शर्मा बस्यालले दक्ष खेलाडी उत्पादनका लागि एकेडेमी संचालन गर्नुपर्नेमा जोड दिए । बर्दघाट नगरपालिका वडानम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले सूर्यनगर रङ्गशालालाई नगरले थप सहयोग उपलब्ध गराउँदै लैजानुपर्ने बताए ।

प्रतियोगितामा नवलपरासीका २ टिमसहित राष्टि«य प्रतियोगिता खेलेका ८ टोलीको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर