कांग्रेसका ६ वटा शुभेच्छुक संस्थाले लिखित रुपमै दिए महासमिति बहिस्कारको जानकारी – Nepal Press

कांग्रेसका ६ वटा शुभेच्छुक संस्थाले लिखित रुपमै दिए महासमिति बहिस्कारको जानकारी

काठमाडौं । नेपाली कांग्रेसका ६ वटा शुभेच्छुक संस्थाले पार्टीलाई लिखित रुपमै महासमिति बैठक बहिस्कार गरेको जानकारी गराएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एसाेसियसन, नेपाल डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्तवादी संघ र नेपाल प्रेस युनियनले उद्घाटन सत्रलगत्तै बुढानिलकन्ठ पुगेर बहिस्कारको पत्र बुझाएका हुन् ।

पार्टीले शुभेच्छुक संस्थाले आधिकारिक तीन-तीन जनाको नाम पठाएकोमा ती नाम समावेश नगरेको र विधानको व्यवस्थाविपरीत निर्वाचित अध्यक्षलाई आमन्त्रित महासमिति सदस्य कायम गरेको भन्दै आपत्ति जनाएका छन् ।

ती संस्थाहरुले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को व्यवस्था र निर्वाचन समितिको निर्णय एवम् केन्द्रीय कार्यसमितिको निर्णयसमेत विधानविपरीत भएको भन्दै आज सुरु भएको महासमिति बैठकमा सहभागी नहुने जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर