कर्णालीमा १४औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु – Nepal Press

कर्णालीमा १४औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

सुर्खेत । कर्णालीकाे प्रदेश राजधानी वीरेन्द्रनगरमा १४औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको प्रतियोगिता मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकारले खेलकुदलाई महत्त्व दिइरहेको बताए ।

खेलको विकास र खेलकुद सुव्यवस्थित गर्न पूर्वाधारका बारेमा नीति निर्माताले बुझ्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले खेलकुदबाट अन्तर्राष्ट्रियस्तरमा कर्णालीलाई कसरी चिनाउने भन्ने चिन्ता युवामा हुनुपर्नेसमेत बताए ।

कार्यक्रममा एमालेका नेता यामलाल कँडेलले कर्णाली प्रदेश खेलकुद परिषदसँग सीप भए पनि बजेट अभाव रहेको बताए ।

१०औं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्नेमात्रै नभएर सातै प्रदेशलाई जित्ने गरेर अभ्यास गर्न उनले आग्रह गरे ।

कार्यक्रममा कर्णालीका स्थानीय तहले खेल क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश खेलकुद परिषद्ले भलिबलको मालासहित सम्मान गरेको थियाे । जसमा रुकुमको सानीभेरी गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका, दैलेखको ठाटीकाध गाउँपालिका, कालीकोटको तिलागुफा नगरपालिका र जुम्लाको तातोपानी गाउँपालिका रहेका छन् ।

त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, जाजरकोटको छेडागाँड नगरपालिका, सल्यानको कपुरकोट गाउँपालिका र मुगुको सोरु गाउँपालिका रहेका छन् ।

बुधबारसम्म चल्ने  हुने प्रतियोगितामा कर्णालीका १० वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर