एलजीलाई एआई म्यानेजमेन्ट सिस्टम सर्टिफिकेसन प्राप्त – Nepal Press

एलजीलाई एआई म्यानेजमेन्ट सिस्टम सर्टिफिकेसन प्राप्त

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स (एलजी)ले ‘एआईएमएस’ सर्टिफिकेसन प्राप्त गरेको छ ।

कोरियन स्ट्यान्डर्ड एसोसिएसनबाट एआई प्रबन्धन प्रणाली (एआईएमएस) सर्टीफिकेसन प्राप्त गरेको हो ।

सर्टिफिकेसनले एलजीको एआई प्रयोग गरिएका घरेलु उपकरणमा जिम्मेवारपूर्ण तवरले एआई म्यानेजमेन्ट गरिएको र डेटा सुरक्षालाई प्राथमिकता दिएको कम्पनीको जनाएको छ । उक्त प्रमाणीकरणमार्फत एलजीले ग्राहकको विश्वास बढाउन र आफ्नो प्रतिस्पर्धात्मकता क्षमतालाई बलियो बनाउने लक्ष्य राखेको छ ।

एआईएमएस प्रमाणीकरणको अधिग्रहणले सुरक्षा, निष्पक्षता, पारदर्शिता र जवाफदेहितालगायत आफ्ना एआई उत्पादनहरू र सेवाहरूसँग सम्बन्धित सम्भावित मुद्दाहरूमा कडा नियन्त्रण सुनिश्चित गर्न एलजीको निरन्तर र व्यवस्थित प्रयासहरूलाई स्वीकार गर्ने बताइएको छ ।

गत वर्ष स्वतन्त्र सुरक्षा विज्ञान कम्पनी यूएलद्वारा वासिङ मेसिन र ड्रायरको लागि सम्मानित हुँदै एलजीले डिप लर्निङ एआई प्रमाणीकरण प्राप्त गर्ने पहिलो गृह उपकरण निर्माताको रूपमा आफूलाई प्रमाणित गरेको थियो । एलजीले नेपालमा विगत ३५ वर्षदेखि दिगो तथा वातावरण मैत्री प्रविधियुक्त र एआई सम्मिलित उत्कृष्ट उत्पादनहरू भित्र्याएको छ ।

नेपालभर एलजी ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर