नेपालले भारतको स्टेट टीमसँग टी-२० सिरिज खेल्ने – Nepal Press

नेपालले भारतको स्टेट टीमसँग टी-२० सिरिज खेल्ने

काठमाडाैं । नेपालको राष्ट्रिय क्रिकेट टोलीले भारतको स्टेट टोलीसँग टी-२० सिरिज खेल्ने भएको छ ।

नेपाली टोलीले बरोडा र गुजरातसँग आउँदो मार्च अन्तिममा टी-२० सिरिज खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । टी-२० विश्वकपको तयारीमा रहेको नेपालले मार्च ३१ देखि अप्रिल ७ सम्म चल्ने सिरिज खेल्न लागेको हो ।

नेपालले मार्च ३१ मा बरोडासँग पहिलो खेल खेल्नेछ । दोस्रो खेल गुजरातसँग अप्रिल २, तेस्रो खेल अप्रिल ३ मा बरोडासँग र चौथो खेल अप्रिल ५ मा गुजरातसँग खेल्नेछ । फाइनल खेल अप्रिल ७ मा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर