रौतहटको साम्प्रदायिक दंगा वीरगञ्जसम्मै फैलियो, साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी – Nepal Press

रौतहटको साम्प्रदायिक दंगा वीरगञ्जसम्मै फैलियो, साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी

पर्सा । रौतहटको ईशनाथ नगरपालिका-७ घिउराटोलमा सरस्वती मूर्ति विसर्जनको क्रममा भएको दुई समुदायबीच झडपको प्रभाव वीरगञ्जमा परेको छ । स्थिति अनियन्त्रित बन्दा रौतहट प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।

आज पर्साका सीडीओ दिनेश सागर भुसालले रौतहटमा दुई पक्षबीच विवाद र झडपको विषयलाई लिएर वीरगञ्जको विरोध जुलुसले शान्ति सुरक्षामा असर परेको भन्दै साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेका छन् ।

सर्वसाधारणको सुरक्षामा जोखिम देखिएको भन्दै सीडीओ भुसालले सम्भावित जोखिम एवम शान्ति भंग हुन जाने स्थिति देखिएकोले वीरगञ्ज महानगरपालिकामा केही सीमा क्षेत्र तोकेर अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *