एसपी अधिकारीलाई काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी – Nepal Press

एसपी अधिकारीलाई काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमडौंको प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीलाई दिइएको छ । एसएसपी भूपेन्द्रबहादुर खत्रीले उनलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका प्रहरी उपरीक्षक कुमोद ढुंगेलको जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएका थिए । अधिकारी भने यसअघि सीआईबीको प्रवक्तामा थिए । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख भइसकेका अधिकारीले बागमती प्रदेश प्रहरी कार्यालयमा पनि प्रवक्ताकै जिम्मेवारीमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *