देशलाई हिंसाको दुष्चक्रमा होम्नेहरू नै सरकारको नेतृत्वमा भएकाले पीडितले न्याय पाउन कठिन छ : पूर्वराष्ट्रपति (भिडिओ) – Nepal Press

देशलाई हिंसाको दुष्चक्रमा होम्नेहरू नै सरकारको नेतृत्वमा भएकाले पीडितले न्याय पाउन कठिन छ : पूर्वराष्ट्रपति (भिडिओ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपाललाई हिंसाको दुष्चक्रमा होम्नेहरू नै अहिले सरकारको नेतृत्वमा रहेकाले यो निर्दोष द्वन्द्वपीडितले न्याय पाउनेमा आशंका रहेको बताएकी छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपतिले शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि पीडितले न्याय पाउन नसक्नु विडम्बना रहेको बताइन् ।

भण्डारीको भनाइ थियो, ‘छोराको हत्यामा संलग्नमाथि कारवाही माग गर्दै अनसन बस्दा मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको दाहसंकार आजसम्म नभएको विषयले देशको संक्रमणकालीन न्यायको अवस्था उजागर गर्छ । यस्तो संवेदनशील विषयलाई कसलै पनि आफ्नो स्वार्थ साँध्ने माध्यम बनाउन हुँदैन तर बिडम्बनाको कुरा के छ भने, हिजो देशलाई हिंसाको दुष्चक्रमा होम्ने तत्कालीन सत्तापक्ष र विद्रोही पक्ष भएर नेतृत्व गर्नेहरू नै आज सरकारको नतृत्वमा रहेको अवस्थमा देश र निर्दोष पीडितले कसरी न्याय पाउन सक्छन् ?’

पूर्वराष्ट्रपति भण्डारीले अप्राकृतिक गठबन्धनमार्फत देश दोहन भइरहेको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपाललाई कमजोर देखाउने प्रयत्न विफल पार्नुपर्नेमा जोड दिएकी छन् ।

इन्सेक वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ,सांसद डा. विमला राई पौडेल, इन्सेकका संस्थापक सुशील प्याकुरेललगायतले संक्रमणकालीन न्यायलाई अहिलेको सत्ता गठबन्धनले सौदाबाजीको विषय बनाएको आरोप लगाएका थिए ।


प्रतिक्रिया

One thought on “देशलाई हिंसाको दुष्चक्रमा होम्नेहरू नै सरकारको नेतृत्वमा भएकाले पीडितले न्याय पाउन कठिन छ : पूर्वराष्ट्रपति (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर