कांग्रेसका शुभेच्छुक संस्थाहरूले दिए महासमिति बहिष्कार गर्ने चेतावनी, यस्तो छ भित्री कारण – Nepal Press

कांग्रेसका शुभेच्छुक संस्थाहरूले दिए महासमिति बहिष्कार गर्ने चेतावनी, यस्तो छ भित्री कारण

काठमाडौं । आफ्नो स्वतन्त्र निर्णयको अधिकार खोसिएको र नयाँ निर्वाचित नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाउने गरी पार्टीले प्रतिनिधि तोकेको भन्दै नेपाली कांग्रेसका केही शुभेच्छुक संस्थाहरूले महासमिति बैठक बहिष्कार गर्ने भएका छन् ।

कांग्रेसको आजबाट सुरू हुने महासमिति बैठकअघि शुभेच्छु संगठनहरूले आन्तरिक छलफल गरेर पाटी नेतृत्वले गल्ती नसच्याए बहिष्कार गर्ने तयारी रहेको छ । विशेषगरी नेपाल प्रेस युनियन, नेपाल ट्रेड युनियन कांग्रेससहित वकिल र इन्जिनियरहरूका संगठनबाट महासमिति छान्ने अधिकार नवनिर्वाचित नेतृत्वलाई नदिएर पार्टीले पूरानैलाई मान्यता दिएपछि विवाद भएको हो ।

पार्टीको १४ औं महाधिवेशनपछि ती संगठनको अधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको छ । तर, महासमिति सदस्य छान्दा भने १४ औं महाधिवेशनका बेला प्रतिनिधि छानिएका पहिलेको नेतृत्वबाट मनोनीत भएकाहरूलाई नै बैठकको सहभागी भनेर केन्द्रीय कार्यालय नाम निकालेपछि नयाँ म्याण्डेटसहित आएको कार्य समितिले अश्वीकार गरेको हो ।

ट्रेड युनियन कांग्रेसका एक पदाधिकारीले भने , ‘नयाँ म्याण्डेट लिएर आएको नेतृत्वलाई अश्वीकार गर्ने र महाधिवेशनमा पराजित भएकाहरुलाई महासमिति सदस्यको पगरी भिराउने, निर्वाचित सभापतिलाई पदेन सदस्य बनाएर पहिलेकालाई मान्यता दिनेजस्तो व्यवहार भयो,यो नसच्चिए भाग लिइँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर