गठबन्धन नगर्ने प्रस्ताव नहटाउने अडानमा गगन, बूढानीलकण्ठ वार्ता निष्कर्षविहीन – Nepal Press

गठबन्धन नगर्ने प्रस्ताव नहटाउने अडानमा गगन, बूढानीलकण्ठ वार्ता निष्कर्षविहीन

महासमिति बैठक उद्घाटनपछि फेरि छलफलमा बस्ने

काठमाडौं । चुनावमा गगठबन्धन नगर्ने प्रतिवेदनका विषयलाई लिएर सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीचको छलफल निष्कर्षविहीन टुंगिएको छ । देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा कुरा नमिलेपछि नेताहरू उठेका छन् ।

सभापतिले महामन्त्री थापालाई सांगठानिक प्रतिवेदनबाट चुनावअघि गठबन्धन नगर्ने भन्ने शब्द हटाउन भनेका छन् । तर, महामन्त्री थापाले नहटाउने अडान लिएपछि शनिबारदेखिको वार्ता निरन्तर विफल भएको हो ।

स्रोतले भन्यो, ‘अहिलेसम्म कुनै सहमति भइसकेको छैन । छलफलकै क्रममा छ । अब महासमिति बैठक उद्घाटपछि बेलुका या भोलि बिहान फेरि बस्छ ।’

देउवाले महामन्त्री थापाको मात्र होइन अर्का महामन्त्री विश्वप्रकाश शर्माले तयार पारेको राजनीतिक प्रतिवेदनबाट पनि कोशीको प्रसंग हटाउन भनेका छन् । शर्माले कोशी प्रकरणपछि जुनसुकै बेलामा गठबन्धन संकटमा पर्नसक्ने उल्लेख गरेका छन् ।

तर, देउवा निवास भएको छलफलमा सहमति भएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले दाबी गरे । उनले बैठकमा साझा प्रस्ताव आउने सुनाए ।

सभापति देउवासहित संस्थापन पक्षका नेताहरू निर्वाचन रणनीतिक हुने भएकाले अहिले घोषणा गरेर जान नहुने पक्षमा उभिएका छन् । देउवाले चुनावमा गठबन्धन गरेर नजाने भन्ने शब्द हटाउन भनेपछि महामन्त्री थापाले आफूले फरक मत ल्याउने चेतावनी दिएका थिए । महामन्त्री थापाको प्रतिवेदनलाई डा. शेखर कोइरालासहित इतर पक्षका नेताहरूले समर्थन जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर