महासमितिको बैठकअघि शेखरले गरे सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग छलफल – Nepal Press

महासमितिको बैठकअघि शेखरले गरे सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्।

महासमिति बैठक बस्नुअघि नेता कोइरालाले जिल्ला सभापतिहरूसँग आवश्यक छलफल गरेका हुन्। महासमितिको बैठक आजदेखि तीन दिनसम्म चल्नेछ।

छलफलमा पुष्प शाह–अछाम, पदम बोगटी–कञ्चनपुर, चतुरबहादुर चन्द–बैतडी, भीम साउद–डडेलधुरा, रामसिंह रावल–बाजुरा, खड्ग बोहरा–बझाङ, नरेन्द्रबहादुर सिंह –डोटी र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू सहभागी थिए।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्दैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर