नेपालमा महिलाको राजनीतिक सहभागिता युरोपको भन्दा राम्रो : महासचिव पोखरेल – Nepal Press

नेपालमा महिलाको राजनीतिक सहभागिता युरोपको भन्दा राम्रो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युरोपका महिलाको अवस्थाभन्दा राजनीतिक सहभागिताको हिसाबले नेपाली महिलाको अवस्था राम्रो रहेको बताएका छन् । तर, राजनीतिक सहभागिताले मात्र महिलाको सामाजिक अवस्था भने माथि उठ्न नसक्ने उनको भनाइ छ ।

महिला र पुरुषलाई समान हैसियतमा पुर्‍याउन अझै धेरै परिवर्तनमा उनले जोड दिए । विश्व सामाजिक फोरम: विश्व महिला सम्मेलनमा प्रमुख अतिथिका सहभागी महासचिव पोखरेलले सांस्कृतिक रूपमा पुरुषलाई प्रधान बनाइएका मान्यता मान्ने महिला रहेसम्म महिलाको सामाजिक स्तर माथि उठ्न नसक्ने बताए ।

अखिल नेपाल महिला संघले आइतबार आयोजना गरेको उत्प्रेरित राजनीति : महिला प्रतिनिधि विषयक कार्यक्रममा उनले मानव सभ्यताको विकासको सुरुवातमा महिला प्रधान रहेको भए पनि जन सांस्कृतिक रूपमा ब्रम्हा विष्णु महेश्वरलाई ईश्वर मानेर पुरुषलाई प्रधान बनाइएदेखि नै पितृसत्ता सुरू भएको टिप्पपणी गरे ।

‘नेपालको परिप्रेक्षमा हामीले, आर्थिक सामाजिक मुद्दालाई अझ प्राथमिकताका साथ, महत्वका साथ उठाउन आवश्यक छ’, उनले भने ।

नेपालको मौलिक परम्परागत संस्कृतिमा जातिभेद र लिङ्ग भेद नभएको पोखरेलको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर