बैंक तथा वित्तीय संस्थाविरुद्ध निराधार र बदनियतपूर्ण भ्रम फैलाइयोः सिबिफिन – Nepal Press

बैंक तथा वित्तीय संस्थाविरुद्ध निराधार र बदनियतपूर्ण भ्रम फैलाइयोः सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाविरुद्ध निराधार तथा बदनियतपूर्ण भ्रम फैलाएको भन्दै आपत्ति जनाएको छ ।

आइतबार सिबिफिनले विज्ञेप्ती जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्ने गरी अफवाह फैलाइएको कार्यहरूप्रति आपत्ति जनाएको हो ।

सवल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरुका अक्षरशः पालना गर्दै संचालित बैंक तथा वित्तीय संस्थाहरुको अत्यन्त सवलीकरण र पारदर्शीरुपमा संचालन हुने सुनिश्चितता गर्न देहाय बमोजिमको कानूनी व्यवस्था लागू गरिएको तथ्य जगजाहेर नै रहेको विज्ञप्तिमा उल्लेख छ ।

सबल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानुन तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरूका अक्षरशः पालना गर्दै सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको अत्यन्त सबलीकरण र पारदर्शीरुपमा सञ्चालन हुने सुनिश्चितता गर्न कानुनी व्यवस्था लागू गरिएको तथ्य रहेको सिबिफिनले उल्लेख गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर