सीटीईभीटीका उपाध्यक्ष अधिकारीलाई मोसो दलेर दुर्व्यवहार – Nepal Press

सीटीईभीटीका उपाध्यक्ष अधिकारीलाई मोसो दलेर दुर्व्यवहार

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट निकट विद्यार्थी संगठनले आइतबार सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोसो दलेर दुर्व्यवहार गरेको छ ।

अधिकारीकै कार्यकक्षमा प्रवेश गरी उनिहरुले कालोमोसो दलेका हुन् । घटना बिहान साढे ११ बजेतिर भएको प्रहरीले बताएको छ ।

निजी कलेज सञ्चालक सीटीईभीटीको उपाध्यक्ष पदमा मनोनयन हुन नसक्ने व्यवस्था हुँदाहुँदै कानूनको धज्जि उडाउँदै जस्केलाबाट परिषद उपाध्यक्षको नियुक्ति लिएको, उपाध्यक्षको काम, कर्तव्य र अधिकारविपरीत परिषद्लाई हानिनोक्सानी पुर्‍याएको, सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा-बढुवा लगायतमा अनियमितता गरेको अधिकारीमाथि आरोप लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर