चलचित्र पत्रकारको राष्ट्रिय भेला सुरु – Nepal Press

चलचित्र पत्रकारको राष्ट्रिय भेला सुरु

हेटौंडा । चलचित्र पत्रकार संघले आयोजना गरेको नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला हेटौंडामा सुरु भएको छ । संस्था स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले फागुन ५ देखि ८ गतेसम्म राष्ट्रिय भेला आयोजना गरेको हो ।

स्थानीय ठाउँहरुलाई नेपाली सिनेमा मार्फत पर्यटन प्रवर्द्वन गर्ने उदेश्यले आयोजना भएको राष्ट्रिय भेलामा अभिनेता तथा हाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विशेष अथितिको रूपमा उपस्थित थिए। त्यस्तै गरी, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई प्रमुख अतिथिको रूपमा निम्त्याईएको थियो।

कार्यक्रममा बोल्दै केसीले चलचित्र कानूनमा ढिलाइ हुँदा चलचित्र क्षेत्रको अपेक्षित विकास हुन नसकेको र विकास बोर्ड स्वायत्त हुनुपर्ने बताए । ‘अब कानून ल्याउने अन्तिम तयारी भइसकेको छ भने मस्यौदा मन्त्रालयमा पेश भइसकेको छ’ केसीले सुनाए।

भेलामा देशभरबाट झण्डै दुई सय पत्रकारहरुको उपस्थिति रहेको थियो । फागुन ७ गते भने सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि बिषयहरुमा संवाद र अन्तर्कृया कार्यक्रम आयोजना हुनेछ ।

कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सह सचिव नेत्र प्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सुर्य थपालिया, संचार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधि लगायत वक्ताहरुको उपस्थिति रहनेछ ।

यस्तै दयाराम दाहाल, नरेन्द्र महर्जन, जनक तामाङ, स्वस्तिमा खड्का, केकी अधिकारी, दिनेश डिसी, आकाश अधिकारी, निश्चल बस्नेत, अशोक प्यासी राई, मनोज पण्डित, संजोक बस्याल, अरुण बराल, चिरन्जिबी पौडेल, मोहन निरौला, राजु केसी, नवल खड्का, रवि अधिकारी, के एल पीडित, विदुर गिरी, शान्तिप्रिय, ध्रुव लम्साल, प्रकाश सायमी, डब्बु क्षेत्रीलगायत चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति रहनेछ । कार्यक्रममा चलचित्र पत्रकारिता कार्यशाला पनि संचालन हुँदैछ जसमा अरुण बराल र चिरन्जिबी पौडेलले पत्रकारहरु लाई प्रशिक्षण दिने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर