१४ महिना जेल बसेर छुटेका मानमहन्त वैष्णवको भव्य स्वागत – Nepal Press

१४ महिना जेल बसेर छुटेका मानमहन्त वैष्णवको भव्य स्वागत

जनकपुरधाम । १४ महिनापछि जेलबाट छुटेका मानमहन्त जगरनाथ दास वैष्णवलाई राजगुठी मटिहानी, महोत्तरीमा भव्य स्वागत गरिएको छ ।

मानमहन्त वैष्णवलाई मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल, साधुसन्त र स्थानीयले स्वागत गरेका हुन् । उनी वैष्णव राजगुठी प्रवेश गरेका छन् ।

रूपन्देहीका सहायक सीडीओ अर्यालको कीर्ते हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालयको छापसमेत प्रयोग गरी ७० लाखभन्दा बढी रूपैयाँ श्रवण यादवको मेगा बैंकको खातामा ट्रान्सफर गरेको अभियोग उनीमाथि थियो ।

रुपन्देहीका सहायक सीडीओ रामचन्द्र अर्यालको कीर्ते हस्ताक्षर र सरकारी छाप कीर्ते गरेको आरोपमा मानमहन्त वैष्णव ०७९ पुसमा पक्राउ परेका थिए । १४ महिना भैरहवा कारागारमा विताएका उनी दुई दिनअगाडि मात्रै रुपन्देही अदालतबाट सफाइ पाएर रिहा भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *