रवि लामिछानेको आरोप- भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकार र गठबन्धनका मान्छे चोख्याउन रहेछ (भिडिओ) – Nepal Press

रवि लामिछानेको आरोप- भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकार र गठबन्धनका मान्छे चोख्याउन रहेछ (भिडिओ)

संसदमा प्रधानमन्त्रीलाई लामिछानेको प्रश्न- बालकुमारी घटनामा सरकारले गठन गरेको आयोगले दोषी किटान गरेका भौतिक पूर्वाधारमन्त्रीलाई के गर्नुहुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना वरिपरिका मान्छेलाई जोगाउने र निर्दोषलाई फसाउने खेलमा सरकार संलग्न रहेको भन्दै बालकुमारी घटनामा दोषी ठहर भएका मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा लामिछानेले भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकारले आफ्ना र गठबन्धनका मान्छे जोगाउनका लागि मात्र रहेछ भन्ने पुष्टि भइसकेको भन्दै अब फाइल रास्वपाका मान्छेको मात्र खोल्न माग गरे । लामिछानेले आफ्ना मान्छे चोख्याउनका लागि सरकारले फाइल खोल्छ र आफ्ना मान्छेलाई चोख्याउँछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरणलगायतमा पुष्टि भइसकेको भन्दै निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने गरेको बताए ।

थापाले सरकारी आयोगले दोषी ठहर गरेका मन्त्रीलाई के गर्ने हो ? भनेर प्रधानमन्त्रीले रोष्टमबाट जवाफ दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर