समाजवादी मोर्चाको बैठक भोलि बस्दै – Nepal Press

समाजवादी मोर्चाको बैठक भोलि बस्दै

काठमाडौं । लामो समयदेखि निष्क्रिय रहेको समाजवादी मोर्चाको बैठक आह्वान भएको छ ।

आइतबार बिहान ८ बजे बैठक बस्नेगरी बोलाइएको नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले बताए ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्मिलित छन् ।

भोलिको बैठकमा मोर्चाको आगामी कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । मोर्चाको नेतृत्व अहिले नेकपा एसका अध्यक्ष माधव नेपालले गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर