युवालाई प्रशिक्षण दिँदै उपेन्द्र यादव – Nepal Press

युवालाई प्रशिक्षण दिँदै उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले युवालाई प्रशिक्षण दिने भएको छ । जनकपुरस्थित रमण टावरमा शनिबारदेखि तीनदिवसीय प्रशिक्षणको आयोजना गरी पार्टीनिकट युवालाई प्रशिक्षण दिन लागेको हो ।

जसपाले पार्टीको प्रदेशस्तरिय प्रशिक्षण सम्पन्न गरी भ्रातृसङ्गठनको प्रशिक्षण गर्न लागेको हो । समाजवादी युवा सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु प्रशिक्षकको रुपमा रहने छन् ।

सङ्गठनका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारी तथा सदस्यहरु गरी करिब एक सय तीस जना प्रतिनिधि प्रशिक्षणमा सहभागी हुने छन् । जसपाले यस अघि महिला सङ्गठनका पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर