दोलखाका विद्यार्थीलाई निता राउत फाउन्डेसनको सहयोग – Nepal Press

दोलखाका विद्यार्थीलाई निता राउत फाउन्डेसनको सहयोग

चरिकोट । नीता राउत फाउन्डेसनले दोलखा जिल्लाका दुई आधारभुत विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सहयोग गरेको छ ।

दोलखा जिल्ला भिमेश्वर नगरपालिकाका ७ मा रहेका साखिने र भिमेस्वर नगरपालिका १ मा रहेको सुन्द्रावती आधारभुत विद्यालयका १ सय ६ जना बालबालिकालाई फाउन्डेसनले सहयोग गरेको हो ।

साखिनेका १देखि ७ कक्षा अध्ययन गर्ने ३६ जना र सुन्द्रवतीका बालबिकासदेखि ५ कक्षासम्म अध्ययन गर्ने ७० जना विपन्न बालबालिकाहरुलाई फाउन्डेसनको तर्फबाट सहयोग गरिएको फाउन्डेसन संस्थापक नीता राउतले जानकारी दिइन् ।

 आफ्नो पारिश्रमिकबाट रकम छुट्टाएर फाउन्डेसनकी संस्थापक राउतले बर्सेनि देशका विभिन्न जिल्लाका विद्यालयमा सहयोग गर्दै आइरहेकी छन् ।

विद्यार्थीहरु सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा वडा नम्बर ७ वडाध्यक्ष बिनोद तामाङ मोक्तानले आफ्नो पारिश्रमिकबाट रकम खर्चिएर बालबालिकाहरुलाई सहयोगप्रति आभार व्यक्त गरे । उनले सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुका लागि गरिने यस किसिमको सहयोगले उनीहरुमा पढ्नुपर्छ भन्ने हौसला र उत्प्रेरणा मिल्ने बताए ।

दोलखा जिल्लामा दर्ता भई सामाजिक सेवा गर्दै आईरहेको फाउन्डेसनले भुकम्प , कोभिड १९ जस्ता महामारीका बेला सामाजिक उत्तरदायी बहन गर्दै सहयोग गरेको थियो ।

विकट डोल्पा , जुम्ला , रुकुम लगायतका जिल्लामा बर्षेनी विपन्न वालबालिकालाई स्कुल ड्रेस , शैक्षिक सामाग्रीहरु सहयोग गर्दै आइरहेकी फाउन्डेसन संस्थापक राउत आफ्नो सानो सहयोगले बालबालिकाको उज्ज्वल भविष्यका लागी केही न केही टेवा पुग्ने विश्वास लिएर निरन्तर लागि रहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *