प्रकाश ज्वालालाई बर्खास्त गर्न एमाले सचेतक बर्तौलाले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण – Nepal Press

प्रकाश ज्वालालाई बर्खास्त गर्न एमाले सचेतक बर्तौलाले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त गर्न प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका  छन् ।

डेढ महिना पहिले दुई जना युवाको मृत्यु हुने गरि बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेपछि  उनले यस्तो माग गरेका हुन् ।

मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण उक्त दुखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट नभएको उनले बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तत्काल ज्वालालार्इ मन्त्री पदबाट बरखास्त गरिनुपर्ने र प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने बताएका छन् । उनले लेखेका छन्,‘ यदि यति ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाँही उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामा ल्याउने प्रयत्न गरियो भने त्यो कदापी न्यायोचित र स्वीकार्य हुने अवस्था रहँदैन  त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घन्टे परीक्षामा पर्नुभएको छ्र हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ्र ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २४ घण्टे परीक्षा सुरु भएको थियो । भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा दुई युवकले ज्यान गुमाएका थिए ।

शुक्रबार उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा मन्त्री प्रकाश ज्वाला पनि जिम्मेवार भएको निष्कर्ष निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर