दीपेन्द्र टिममा फर्किए, देवलाई पनि मौका – Nepal Press

दीपेन्द्र टिममा फर्किए, देवलाई पनि मौका

काठमाडौं । नेपालको टोलीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टिममा फर्किएका छन् । आइएल टी-२० खेल्न गएका दीपेन्दले क्यानडाविरुद्धको सिरिज र नामिबियाविरुद्धको पहिलो खेल गुमाएका थिए ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध उनी टिममा फर्किएका हुन् । नेपालले नेदरल्यान्डविरुद्ध दुई परिवर्तन गरेको छ ।

पवन सर्राफ र करण केसीलाई बाहिर राख्दै दीपेन्द्र र देव खनाल टिममा परेका छन् । पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

नेपाली टिम:

रोहित पौडेल(कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, अनिलकुमार शाह, कुशल मल्ल, भीम सार्की, सोमपाल कामी, देव खनाल, ललित राजवंशी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर