इण्डो–नेपाल धार्मिक पर्यटन यात्रा सुरु – Nepal Press

इण्डो–नेपाल धार्मिक पर्यटन यात्रा सुरु

रुपन्देही । नेपालको सिद्धभूमि सिद्घबाबा र भारतको गोरखनाथ बाबाको सम्बन्धबारे प्रचार गर्दै धार्मिक र साहसिक खेल पर्यटन विकास गर्ने उद्देश्यका साथ दुई दिने इण्डो नेपाल धार्मिक पर्यटन यात्रा २०२४ सुरु भएको छ ।

बुटवलका साइकल अगुवाहरुको पहलमा शुक्रबार र शनिबार दुई दिने इण्डो–नेपाल धार्मिक पर्यटन यात्रा २०२४ को प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईसहितको एक दर्जन यात्रीलाई सिद्धबाबा धाम मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अम्मर खड्का, सल्लाहकार लकुश श्रेष्ठलगायतले बिदाई गरे ।

कार्यक्रममा आफै सहभागी प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले निक्कै महत्वपूर्ण र ऐतिहासिक कार्यक्रम भएको बताए । साइकल मानव स्वस्थ्य, पर्यटन र खेलसंग जोडिएको भन्दै नेपालमा यसैबाट राम्रो सम्भावना रहेको औंल्याए

टोलीलाई नेपाल–भारत सीमामा सिद्धार्थनगर वडा नं १ का वडाअध्यक्ष उज्ज्वल पोखरेल, नाटा लुम्बिनीका अध्यक्ष रचना पन्तलगायतको टीमले रुद्राक्ष माला र शालिग्राम हस्तान्तरण गर्दै यात्रा सफलताको कामना गरेका थिए । यसैबीच फरेन्दास्थित आनन्दनगरको नगर पार्षद रबि पासवानसहितको टीमले भव्य स्वागत गर्दै निक्कै खुशी ब्यक्त गरे।

नेपालभारतको सम्बन्धलाई नया सिराबाट जोड्ने अभियानलाई उनले स्वागत गरे । कार्यक्रममा बुटवल युनाइटेड साइक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले २१ सय वर्षअघि भारत वर्षमा पर्ने उज्जैनका चक्रवती सम्राट भतृहरि राजाको वैराग्यपछि उत्तरापन्थ सिद्धबाबा क्षेत्रमा तपस्या गरी सिद्धि प्राप्त गरेको किंवदन्तीलाई उजगार गर्ने गरी साइकलयात्रा गरेको बताए ।

गोरखनाथ बाबाको निर्देशनमा भतृहरि राजा नेपालका आएर ध्यान गरी सिद्ध प्राप्त गरेको पवित्र र तपोभूमिको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने सम्भावना रहेको उनले बताए । कार्यक्रम संयोजक रबिलाल सुबेदीले नेपाल–भारतको पुरानो सम्बन्धलाई उजागर गर्दै धार्मिक पर्यटन बढाउने गरी कार्यक्रम गरेको बताए । कार्यक्रम २० जना साइकलयात्रीहरु सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर