कर्णालीमा गठबन्धनबीच खटपट, कांग्रेसले दियो सरकारबाट बाहिरिने चेतावनी – Nepal Press

कर्णालीमा गठबन्धनबीच खटपट, कांग्रेसले दियो सरकारबाट बाहिरिने चेतावनी

सुर्खेत । कर्णाली प्रदेश सरकारमा गठबन्धनको खटपट सुरु हुन् थालेको छ । बिहीबार साँझ नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारबाट बाहिरिने चेतावनी समेत दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेता शाहीले अराजकताको अवस्थामा कर्णालीमा कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त भएको बताए । उनले कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरूलाई सरकारबाट बाहिरिन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘यो अराजकताको अवस्थामा कर्णालीमा कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त हो। सोही बमोजिम कांग्रेसबाट सहभागी मन्त्रीहरूले व्यवस्थापन गर्दा राम्रो होला ।’

सरकारमा कांग्रेसबाट तीन जना मन्त्री छन् । जसमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल, आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णबहादुर बिसी मन्त्री छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर