यसरी बन्दैछन् काठमाडौं तराई द्रुतमार्गका सुरुङहरू (तस्बिर) – Nepal Press

यसरी बन्दैछन् काठमाडौं तराई द्रुतमार्गका सुरुङहरू (तस्बिर)

मकवानपुर । २०७४ जेठ १४ मा शिलान्यास भएको काठमाडौं तराई मधेश द्रुतमार्ग अर्थात् फास्ट ट्र्याकमा छ वटा सुरुङ छन् । सबै जोडेर १०.०५५ किलोमिटरको सुरुङमा हाल तीन सुरुङका काम धमाधम भइरहेका छन् । जसमा लेनडाडाको १.६३० किलोमिटर, धेद्रेको १.६३० किलोमिटर र महादेवडाडाको ३.३५५ किलोमिटर दूरीका सुरुङ निर्माण भइरहेका छन् ।

नेपाली सेनाले २०७४ वैशाख २१ बाट निर्माण जिम्मा पाएको द्रुतमार्गको पुल पक्षका इन्जिनियर कोरियाली नागरिक दोहोन किम छन् । किमले द्रुतमार्गमा शिवालिक देखी महाभारत सम्म सबै भूगोलका सुरुङ छन् द्रुतमार्गमा ।

किमले महादेवडाडा को सुरुङ देखाउँदै भने, ‘यो स्थान काठमाडौं खोकनाबाट २५ किलोमिटर दूरीमा छ । अहिले आउन २ घण्टा लाग्छ । सुरुङ सहितको द्रुतमार्ग बनेपछि १५ मिनेटमा आउन सकिन्छ ।’

सुरुङ क्षेत्रका नेपाली इन्जिनियर विनायक शर्माले सुरुङको दुवै पक्षबाट काम धमाधम भइरहेकोले केहि महिनामै काम सकिने बताए । दायाँ र बायाँ गरेर दुई सुरुङ बन्दै गरेको र एक सुरुङ तीन लेनको हुने शर्माले बताए । धेद्रे सुरुङमा ४०० मिटर मात्र ब्रेक थ्रू हुन बाकी भएको शर्माले बताए ।

सुरुङ मार्ग बनाउन अब नेपाली सेना अनुभवी भएको भन्दै प्राविधिक महासेनानी इन्दीवर गुरुङले नेपाली सेनाले अब देशको सबै क्षेत्रमा सुरुङ निर्माणमा अनुभव राखेको बताए । तीन सुरुङ द्रुत गतिमा भए पनि बाकी तीनमा भने काम भएको छैन ।

कुल लम्बाई ७०.९७७ किलोमिटरको द्रूतमार्गमा चन्द्राम भिर, सिसौटार र देवीचौर सुरुङ भने प्रगति हुन सकेको छैनन् । चन्द्राम भिरको लम्बाई २.२५ किलोमिटर, सिसौटारको ०.३९ किलोमिटर र देवी चौरको १ किलोमिटर लम्बाई छ ।

नेपाली सेनका अनुसार ठेक्का लाउन समस्या भएर काम नभएको हो । नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलका अनुसार देशको गौरवको आयोजनामा सबैतिरबाट सहयोग भएमा सबै काम समयमा सक्न सकिन्छ ।

नेपाली सेनाले २०८३ चैत मसान्तसम्म आयोजना सक्ने लक्ष्य लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर