नक्कली मोही खडा गरेर बालुवाटारको जग्गा हिनामिना गरेकोमा दिप बस्न्यात र छविराज पन्त दोषी ठहर – Nepal Press

नक्कली मोही खडा गरेर बालुवाटारको जग्गा हिनामिना गरेकोमा दिप बस्न्यात र छविराज पन्त दोषी ठहर

काठमाडौं । बालुवाटारस्थित सरकारी निवासको जग्गा र अन्य जग्गा साटफेर तथा निवास विस्तार क्षेत्रको जग्गाका सन्दर्भमा नक्कली मोही खडा गरेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातसहित दोषी ठहर भएका छन् ।

विशेष अदालतबाट त्यस्तै पूर्व मन्त्री तथा तत्कालीन भौतिक पुर्वाधार मन्त्रालयका सचिव छविराज पन्त पनि दोषी ठहर भएका हुन् ।

मन्त्रिपरिषदको निर्णयको आडमा नक्कली मोही खडा गर्ने भुमिसुधार र मालपोत कार्यालयका कर्मचारी पनि दोषी ठहर भएको विशेष अदालतले जनाएको छ ।

छविराज पन्त र दिप बस्न्यातसहित तत्कालीन मालपोत र भूमिसुधार कर्मचारीलाई १९ रोपनी जग्गा हिनामिनामा ९ करोड भन्दा बढी हानि नोक्सानी गरेको अदालतले ठहर गरेको छ । उनीहरुसँग दामासाही ८० लाख विगो असुल उपर गर्ने र २ वर्ष कैद सजाय तोक्ने निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर