नेपाल खेलमा फर्किन संघर्षरत, सोमपालले लिए व्यक्तिगत तेस्रो विकेट – Nepal Press

नेपाल खेलमा फर्किन संघर्षरत, सोमपालले लिए व्यक्तिगत तेस्रो विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पाचौं सफलता मिलेको छ । खेलको २५औं ओभरको पहिलो बलमा सोमपाल कामीले जेन ग्रिनलाई आउट गराउदै पाँचौ सफलता दिलाएका हुन् । जेन २ रनमा पभेलियन फर्किए ।

यससँग सोमपालले व्यक्तिगत तेस्रो विकेट लिएका छन् । यसअघि २१औं ओभरको तेस्रो बलमा सोमपालले गुहार्ग इरास्मसलाई पवन सर्राफको हातबाट क्याच गराएका थिए । सोही ओभरको अन्तिम बलमा जान फ्रेलिन्क सोमपालको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर