चितुवाको आक्रमणबाट मकवानपुरमा दम्पती घाइते, प्रतिकारमा चितुवाको मृत्यु – Nepal Press

चितुवाको आक्रमणबाट मकवानपुरमा दम्पती घाइते, प्रतिकारमा चितुवाको मृत्यु

हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । थाहा नगरपालिका वडा नम्बर २ अंगारेटोलमा चितुवाले आक्रमण गर्दा स्थानीय ६६ वर्षका हेमन्तप्रसाद ढकाल तथा उनका श्रीमती ६० वर्षीय सावित्री ढकाल घाइते भएका हुन् ।

चितुवाले ढकाल दम्पतीलाई आक्रमण गरेपछि स्थानीयहरूले प्रतिकार गर्ने क्रममा चितुवाको ज्यान गएको छ ।

स्थानीयहरूले चितुवा उपर प्रतिकार गर्ने क्रममा चितुवा भाग्दै जाँदा नजिक रहेको पुड्खेल खोलाको ग्याबिन वालमा ठोक्किन गई चितुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते हेमन्त प्रसाद ढकालको शरीरको विभिन्न भागमा चोट, सावित्री ढकालको दाहिने हातमा चोट लागेको प्रहरीको भनाइ छ । उनीहरूको उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *