च्याम्पियन्स लिग : पीएसजीको जित – Nepal Press

च्याम्पियन्स लिग : पीएसजीको जित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित दर्ता गर्दै क्वाटर फाइनलको यात्राको सम्भावना बलियो बनाएको छ ।

बुधवार अन्तिम १६ को पहिलो लेगमा स्टार एम्बापे प्रेरित पिएसजीले स्पेनिस क्लब रियल सोसिडाडलाई २–० गोलले पराजित गरेको हो ।

खेलको ५८ औँ मिनेटमा स्टार फुटबलर एम्बाप्पेले गोल गर्दै पीएसजीलाई १-० को अग्रता दिलाए ।

खेलको ७० औँ मिनेटमा बर्कोलाले गोल गरेपछि रियल माथि पीएसजीले जित निकाल्दै क्वाटर फाइनल यात्राको सम्भावनालाई बलियो बनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर