लुम्बिनी विकास गुरुयोजनामा थाल्यो रास्वपाले दबाब यात्रा – Nepal Press

लुम्बिनी विकास गुरुयोजनामा थाल्यो रास्वपाले दबाब यात्रा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राष्ट्रव्यापी दबाब अभियान’ अन्तर्गत लुम्बिनी विकास गुरुयोजनामा अभियान सुरुवात गरेको छ ।

रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्य रास्वपाले दबाब यात्रा थालेको हो ।

अभियानमा पार्टी सभापति रवि लामिछाने, लिमा अधिकारी, दीपक बोहरा, लक्ष्मी तिवारी, प्रमिला कुलुजु, क्रान्तिशिखा धिताललगायत सहभागी छन् ।

२०७७ सालमा ७.५ अर्बको स्रोत सुनिश्चिता भएपनि ३ अर्बको पहुँचमार्ग निर्माण गर्ने ०७७ सालमा ठेक्का हालसम्म २.५ अर्ब खर्च भएपनि बजेट विनियोजन नभएर अलपत्र परेको रास्वपाले जनाएको छ ।

अलपत्र पारिएका विकासमा माघ २१ गतेबाट रास्वपाले २१ योजना छानेर दबाब यात्राको थालेको थियो । यसअघि रास्वपाले मेलम्ची खानेपानी आयोजनाबाट दबाब यात्राको थालनी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर