स्वयम्भूस्थित सरस्वती मन्दिरमा भक्तजनको भिड, अक्षरारम्भदेखि पूजापाठ (फोटो फिचर) – Nepal Press

स्वयम्भूस्थित सरस्वती मन्दिरमा भक्तजनको भिड, अक्षरारम्भदेखि पूजापाठ (फोटो फिचर)

काठमाडौं । आज सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजा गरिँदैछ । यसै क्रममा स्वयम्भूस्थित सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

वसन्त ऋतुको सुरूआत हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि बढ्ने विश्वास रहेको सरस्वती पूजाका विशेषगरी विद्यार्थीहरुले उक्त मन्दिरमा दर्शन गरेका छन् ।

विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । जसका लागि अभिभावकले आफ्ना बालबालिकालाई सरस्वती मन्दिरमा लगेर आफ्नो नाम वा अक्षर लेख्न लगाएका छन् । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ ।

आजको दिन आफैंमा शुभ हुने भएकाले विवाह, व्रतबन्धलगायत सबै प्रकारका सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने बताइन्छ । यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ ।

त्यस्तै, उपत्यकाका स्वयम्भूलगायत मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा भइरहेको छ ।

तस्बिरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर