चौधरी समूहले सार्वजनिक गर्‍यो आयोन वाई विद्युतीय गाडी, रेन्ज ५०० किलोमिटर (फोटो फिचर) – Nepal Press

चौधरी समूहले सार्वजनिक गर्‍यो आयोन वाई विद्युतीय गाडी, रेन्ज ५०० किलोमिटर (फोटो फिचर)

काठमाडौं । नेपालमा सवारी साधन बिक्रीमा आक्रामक बन्दै गएको चौधरी समुहले नयाँ विद्युतीय गाडी ब्रान्ड आयोन वाई नेपाल भित्र्याएको छ ।

मंगलबार थापाथलीस्थित नयाँ शोरुममा जिएसी आयोन ब्राण्डको ईभी ‘आयोन वाई’ लन्च गरिएको हो ।

उद्घाटन गर्दै जीएसी आयोन ब्राण्डको इभी बिक्री सुरु गरेको हो ।

यसअघि नै नेटा भी ईभी भित्र्याइसकेको चौधरी समुहले छोटो समयमा राम्रो लोकप्रियता पाएको नेटापछि आयोन नयाँ ब्रान्ड ल्याएको हो ।

गाडीको लम्बाई ४५ हजार ३५० एमएम, चौडाई १८७० एमएम र उचाई १६५० एमएम छ । यसमा २७५० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

यसलाई कम्पनीले १८ र १९ इन्चको ह्वील अप्सनमा चीनमा बिक्री गर्दै आएको छ । चिनियाँ बजारमा उपलब्ध आयोन–वाईको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ ।

कम्पनीले यसमा १०.२५ इनचको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । कप होल्डर, वायरले चार्जर पनि यसमा पाउन सकिन्छ ।

जीएसी एवोन वाईमा ६१.५किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यसलाई सिंगल चार्जमा ५०० किलोमिटर गुडाउन सकिन्छ । यसमा मोटर पनि १०० किलोवाटको छ । यसको पीकटर्क भने १७६ एनएम छ ।

नेपालमा पहिलोपटक लन्च भएको आयोन वाईको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ कायम गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर