मालदिभ्सविरुद्ध रुविनाको ऐतिहासिक शतक, नेपालले दियो २२८ रनको कीर्तिमानी लक्ष्य – Nepal Press

मालदिभ्सविरुद्ध रुविनाको ऐतिहासिक शतक, नेपालले दियो २२८ रनको कीर्तिमानी लक्ष्य

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला क्रिकेटर

काठमाडौं । एसीसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत अहिले भइरहेको मालदिभ्सविरुद्धको खेलमा नेपालकी रुविना क्षेत्रीले शतक बनाएकी छन् ।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन जोडेको छ। रुविनाले एक सय १८ रन बनाइन्।

उनले ५९ बलमा ५ छक्का र १० चौका प्रहार गरेकी थिइन्। पूजा महतोले पनि ५९ रन जोडिन्।

पूजा र रुविनाले पाँचौँ विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *